जुवातास खेलिरहेको अवस्थामा काठमाडौँबाट १० जना पक्राउ

Thankot Times

थानकोट ।

काठमाडौं महानगरपालिका-१६ गुम्बा चोक बस्ने ५८ वर्षीय अमृत पुलामीको घरमा जुवातास खेलिरहेको अवस्थामा अमृत समेत १० जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५० हजार २ सय ९० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *