इटाली पहिलो पटक टि-२० क्रिकेट विश्वकपका लागि छनौट

Thankot Times

थानकोट ।

विश्वलाई चकित पार्दै इटाली विश्वकप क्रिकेटका लागि छनोट भएको छ ।

फुटबलको गढ मानिएको र ४ पटकको विश्व च्याम्पियन इटाली अब क्रिकेटको विश्व कपमा प्रवेश गरेको छ र पहिलो पटक विश्वकप खेल्ने तयारीमा छ ।

इटालीको क्रिकेट टोली सन् २०२६ मा भारत र श्रीलंकामा हुने टी–२० विश्वकपका लागि छनोट भएको हो ।

यो सँगै विश्व फुटबलमा राज गर्ने अर्को देशले क्रिकेटमा प्रवेश गरेको हो ।

युरोपेली छनोटमा दमदार प्रदर्शन गर्दै इटालीले पहिलो पटक यो सफलता हात पारेको हो ।

विश्व फुटबलमा राज गर्ने इटालीले ४ पटक यस प्रतियोगिताको उपाधि जितेको छ तर पछिल्ला २ पटक फिफा विश्वकपमा छनोट हुन असफल भएको थियो । यो सँगै टोलीले अर्को वर्ष हुने विश्वकपमा छनोट हुन सकेको छैन् । तर, फुटबलबाट निराशाको बीचमा इटालियन क्रिकेट टिमले आफ्नो देशलाई खुसी हुने मौका दिएको छ ।

विगत केही दिनदेखि खेलाइँदै आएको आईसीसी पुरुष टी–२० विश्वकप युरोपेली छनोट २०२५ मा इटालियन टोलीले ५ देशमध्ये दोस्रो स्थान हासिल गर्दै विश्वकपका लागि छनोट हुन सफल भएको हो ।

छनोट चरणको आफ्नो अन्तिम खेलमा इटाली नेदरल्याण्डसँग ९ विकेटले लज्जास्पद हार बेहोरेको थियो तर त्यसको बाबजुद पनि नेट रन रेटका आधारमा दोस्रो स्थानमा रहेर पहिलो पटक विश्वकप खेल्ने मौका पाउन सफल भएको थियो ।

इटालीले यस प्रतियोगितामा ४ मध्ये २ खेल जित्यो र जर्सीलाई (०.३६० पछाडि छोड्दै ०.६१२ को नेटरनरेट सँग यो सफलता हासिल गरेको हो । इटालीले यस प्रतियोगितामा आफ्नो भन्दा धेरै अनुभवी र धेरै विश्वकप खेलेको स्कटल्याण्ड विरुद्धको सबैभन्दा ठूलो जित दर्ता गरेको थियो।

इटालीले स्कटल्याण्डलाई पहिलोपटक कुनै पनि फर्म्याटमा हराएको हो ।

इटाली जस्तै जर्सीले पनि आफ्नो अन्तिम खेलमा स्कटल्यान्डलाई १ विकेटले पराजित गर्दै सबैलाई चकित बनाएको छ र छनोटको आफ्नो आशा जीवित राखेको छ ।

तर, अन्तिम खेलमा इटालीले १५ ओभरअघि नै नेदरल्यान्ड्सलाई जित्नबाट रोकेपछि जर्सीको आशा चकनाचुर भयो।

इटाली र नेदरल्याण्ड्स विश्वकपका लागि छनोट भएका छन् ।

यस क्वालिफायर प्रतियोगितामा नेदरल्यान्ड्सले पहिलो स्थान हासिल गरेको छ । तर, पहिले इटाली र त्यसपछि जर्सीसँग पराजित भएको स्कटल्याण्ड भने छनोटमा पुग्न सकेनन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *