आज आदिकवि भानुभक्त जयन्ती मनाइँदै
थानकोट ।
आज नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती अर्थात् २१२औँ भानु जयन्ती मनाइँदैछ ।
नेपाली लोक लयमा आधारित नेपाली रामायणका रचनाकार आदिकविको सम्झनामा साहित्यिक गतिविधि आयोजना गरिन्छ ।
हरेक वर्ष भानु जयन्तीमा काठमाडौंको रानीपोखरी अगाडि रहेको राष्ट्रिय विभूति भानुभक्तको प्रतिमामा माल्यार्पण गरिन्छ, भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किमलगायत नेपाली भाषा भाषी धेरै रहेका स्थानमा पनि मनाइन्छ ।
१८७१ असार २९ गते (आजैका दिन) नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म भएको थियो ।
भानु जयन्तीका अवसरमा चन्द्रागिरि नगरमा प्याब्सन काठमाडाैं जिल्ला कमिटिले कविता लेखन एवं वाचन प्रतियोगिता आयोजना गर्दैछ।
















