नागढुङ्गा नाकाबाट समातिए अभिषेक श्रेष्ठ
थानकोट ।
प्रहरीले लागूऔषध खैरोहिरोइनसहित नागढुङ्गा नाकाबाट एकजना युवालाई नियन्त्रणमा लिएको छ ।
चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गाबाट १ ग्राम खैरो हेरोइनसहित रूपन्देहीको बुटवल-११ का अभिषेक श्रेष्ठलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले काँकरभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा प्र.०१-००६ ख ४७९६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार श्रेष्ठलाई उक्त पदार्थ सहित फेला पारेको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षद्वारा जारी बुलेटिनमा उल्लेख छ ।












