मेयरमा हारेकी नेकपा एमालेकी भगवती न्यौपाने सामान्य प्रशासन मन्त्री नियुक्त

Thankot Times

थानकोट ।

राष्ट्रिय सभा सांसद भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त भएकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार अपराह्न न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरेका हुन् ।

न्यौपाने अहिले राष्ट्रिय सभामा एमाले संसदीय दलको प्रमुख सचेतकको भूमिकामा छिन् ।

राष्ट्रिय सभामा उनको छ वर्षे कार्यकाल आउँदो फागुनमा सकिँदैछ ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा उनी तनहुँको भानु नगरपालिकामा मेयरको उमेदवार बनेकी थिइन् । जहाँ उनी नेपाली काँग्रेसका उमेदवारसँग पराजित भएकी थिइन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *