नवनियुक्त सामान्य प्रशासन मन्त्री न्यौपानेद्वारा पदभार ग्रहण

Thankot Times

थानकोट ।

नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले बुधबार पदभार ग्रहण गरेकी छन् । 

बुधबार राष्ट्रिपति कार्यालय सितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएसँगै उनले मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेकी हुन् । उनी मंगलबार सामान्य प्रशासन मन्त्रीमा नियुक्त भएकी थिइन् ।  

घुस डिलको अडियो प्रकरणका कारण प्रधानमन्त्रीको निर्देशनमा राजकुमार गुप्ताले पदबाट राजीनामा दिएपछि न्यौपान सामान्य प्रशासन मन्त्री नियुक्त भएकी हुन् । 

नवनियुक्त मन्त्री भगवती न्यौपानेले प्रशासनिक संघीयतालाई सुदृढ बनाउने कुरामा आफ्नो प्राथमिकता रहने बताएकी छन् ।

बुधबार साँझ मन्त्री पदको शपथ ग्रहण गरेसँगै पदभार ग्रहण गर्ने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले प्रशासनिक संघीयतालाई सुदृढ नबनाइ संघीयता बलियो हुन नसक्ने बताइन् ।

यसअघि उक्त मन्त्रालय सम्हालेका राजकुमार गुप्ताले अडियो काण्डपछि मन्त्री पदबाट राजीनामा दिएपछि न्याैपानेले सो मन्त्रालय सम्हाल्ने अवसर पाएकी हुन् ।

तस्बिरः प्रधानमन्त्रीको सचिवालय

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *