काठमाडौं महानगरले कक्षा ११-१२ को छात्रवृत्ति प्रवेश परीक्षा आज सञ्चालन गर्दै

Thankot Times

थानकोट ।

काठमाडौं महानगरपालिकाले छात्रवृत्ति प्रवेश परीक्षा आज सञ्चालन गर्दै छ ।

छात्रवृत्ति प्रवेश परीक्षा बिहान ८ देखि १० बजेसम्म सञ्चालन हुनेछ ।

परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित हुनेछ, जसमा अनिवार्य गणित, विज्ञान र अंग्रेजीबाट ३०/३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न गरी कुल १०० बहु-वैकल्पिक प्रश्नहरू सोधिनेछन् ।

उत्तीर्ण हुन न्यूनतम ४० प्रतिशत अंक आवश्यक छ, र गलत उत्तरका लागि नकारात्मक अंक गरिने छैन् ।

काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूको प्रवेश परीक्षालाई निष्पक्ष, मर्यादित र व्यवस्थित बनाउन केन्द्राध्यक्षहरूलाई अभिमुखीकरण प्रदान गरिसकेको छ ।

यस वर्षको प्रवेश परीक्षाका लागि देशभरका ७७ जिल्लाबाट प्राप्त १७ हजार २२९ आवेदनमध्ये १६ हजार १३७ विद्यार्थी छनोट भएका छन् ।

छनोट भएका विद्यार्थीमा विज्ञान संकायका लागि ११ हजार ५९०, व्यवस्थापनका लागि चार हजार १६४, मानविकीका लागि ३२, शिक्षाका लागि ९५ र कानुन संकायका लागि २५६ जना समावेश छन् ।

काठमाडाैं महानगरले विगत तीन वर्षदेखि सञ्चालित छात्रवृत्ति कार्यक्रममार्फत आर्थिक रूपमा कमजोर तर शैक्षिक रूपमा सक्षम विद्यार्थीहरूलाई अवसर प्रदान गर्दै आएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ