मोटरसाइकलमा आएका युवाले मध्यरातमा मच्छेगाउँमा पार्किङ गरिएको मोटरसाइकल लिएर भागे
थानकोट ।
चन्द्रागिरि नगरका विभिन्न स्थानमा दुई पांग्रे सवारी साधन हराउने क्रम बढेको छ ।
पछिल्लोपटक चन्द्रागिरि नगरपालिका- ०९ मच्छेगाउँबाट एउटा मोटरसाइकल हराएको छ ।
वडाध्यक्ष अच्यूत अधिकारीका अनुसार पार्किङ गरिएको मोटरसाइकल सोमबार बिहान करिब १ बजे हराएको देखिएको हो ।
सीसीटीभी फुटेजमा दुई जना युवाले सो मोटरसाइकल लगेको देखिएको वडाध्यक्ष अधिकारीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
बजाज कम्पनीको कालो, रातो मोटरसाइकल आएका उनीहरूले प्रदेश ०३ ०२०-००१ प २१५० नम्बरको बजाज कम्पनीको निलो रंगको २२० सीसीको मोटरसाईकल लगेका हुन् ।
पछिल्लोपटक गत साता थानकोट चेकपोष्टबाट समेत मोटरसाइकल हराएको थियो, जुन चित्लाङ देउरालीमा बेवारिसे अवस्थामा भेटिएको थियो ।
थानकोट चेकपोष्टबाट हराएको मोटरसाइकल चित्लाङ देउरालीमा भेटियो
प्रतिकात्मक तस्बिर












