चन्द्रागिरि नगरमा न्यूनतम मालपोत मूल्याङ्कनः वाडभञ्ज्याङको जग्गा आनाको १ लाख (सूचीसहित)

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाले आर्थिक वर्ष २०८२-८३ का लागि न्यूनतम मालपोत मूल्याङ्कन स्थानीय राजपत्रमा प्रकाशित गरेको छ।

गत असार २६ मा प्रकाशित भएको भनिएको सो राजपत्रमा नगरका सबै १५ वटै वडाका जग्गाहरू विभिन्न वर्गमा वर्गीकरण गरी न्यूनतम मालपोत मूल्याङ्कन निर्धारण गरिएको हो ।

चन्द्रागिरि आर्थिक ऐन- फोटो प्रदर्शनीमा पनि कर, नगरका कर्मचारीसँग विवाद गरेमा जरिवाना

चन्द्रागिरि नगरपालिकाको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक ऐन, २०८२ का अनुसार त्रिभूवन राजपथले छोएका जग्गाको न्युनतम मालपोत मूल्याङ्कन प्रति आना २५ लाख रूपैयाँ तोकिएको छ । जुन गत वर्षका लागि २१ लाख प्रति आना तोकिएको थियो । २०८० सालका लागि सो रकम १८ लाख १५ हजार थियो । यस्तै बाटोले नछोएको साबिक वाडभन्ज्याङ्ग गाविसको जग्गाको न्यूनतम मालपोत मूल्याङ्कन आनाको १ लाख तोकिएको छ । यस क्षेत्रको जग्गाको मूल्याकंन गत वर्ष प्रति आना ७० हजार रुपैयाँ तोकिएको थियो । २०८० सालका लागि सो रकम ६० हजार थियो ।

स्थानीय राजपत्रमा रजिष्ट्रेशन हुने लिखतमा थैली अंक कायम गर्ने प्रयोजनको लागि न्यूनतम मुल्य निर्धारण भएको सो न्यूनतम मालपोत मुल्यांकन यहि साउन १ गतबाट लागु भएको बताइएको छ ।

यो गत वर्षको समाचार

चन्द्रागिरि नगरमा न्यूनतम मालपोत मूल्याङ्कनः वाडभञ्ज्याङको जग्गा आनाको ७० हजार (सूचीसहित)

यस्तो छ चन्द्रागिरि नगरले स्थानीय राजपत्रमा प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८२-८३का लागि न्यूनतम मालपोत मूल्याङ्कनः


Leave a Reply

Your email address will not be published. Required fields are marked *