चन्द्रागिरि आर्थिक ऐन- फोटो प्रदर्शनीमा पनि कर, नगरका कर्मचारीसँग विवाद गरेमा जरिवाना

Thankot Times

थानकोट।

चन्द्रागिरि नगरपालिकाले चालु आर्थिक वर्ष अन्तर्गत साउन ४ गतेबाट राजश्व संकलनको कार्य सुरू गरेको छ ।

चन्द्रागिरि नगरमा चालु आर्थिक वर्षको सुरूको तीन दिन सफ्टवेयर स्तरोन्नति एवं व्यवस्थापनका लागि राजश्व संकलन स्थगित गरिएको थियो ।

चन्द्रागिरि नगरपालिकाको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक ऐन, २०८२ नगरको वेभसाइटमा सार्वजनिक भएको छ ।

सो ऐनमा टेकेर चालु आर्थिक वर्षभर नगरले राजश्व संकलन लगायतका कार्य गर्नेछ ।

उक्त ऐनका अनुसार चन्द्रागिरि नगरपालिकालाई नगरको क्षेत्राधिकार भित्र सञ्चालनमा रहेका केबुलकारले प्रति टिकट रकमको ३ प्रतिशत मनोरञ्जन कर तिर्नुपर्नेछ । यसैगरी नगरक्षेत्रमा सञ्चालनमा रहेका अनलाइन सञ्चारमाध्यमहरूले नविकरण शुल्क बापत १ हजार रूपैयाँ तिर्नुपर्नेछ ।

चन्द्रागिरि नगरमा न्यूनतम मालपोत मूल्याङ्कनः वाडभञ्ज्याङको जग्गा आनाको १ लाख (सूचीसहित)

यसैगरी नगर क्षेत्रमा फोटो प्रदर्शनी व्यवसाय गर्ने प्रति दिन १ हजार रुपैयाँ कर बुझाउनुपर्ने सो ऐनमा उल्लेख छ । सरकारी पैसा खन्याइएको हाल प्रयोग विहिन जस्तै बनेको दहचोकस्थित भ्यूटावर प्रवेशका लागि २० रुपैयाँ तिर्नुपर्ने सो ऐनमा उल्लेख छ ।

यस्तै नगरबाट फिल्डमा खटिने कर्मचारीहरूसँग अनावश्यक विवाद गरेमा सो अनुसारको कारबाही तथा जरिवाना गरिने समेत सो ऐनमा उल्लेख छ ।

चन्द्रागिरि नगरपालिकाको अर्थ सम्वन्धी प्रस्तावलाइ कार्यान्वयन गर्न बनेको आर्थिक ऐन, २०८२ पढ्नुहोसः


Leave a Reply

Your email address will not be published. Required fields are marked *