प्रधानमन्त्री ओलीद्वारा बान्टमवेट च्याम्पियन विजेता रवीन्द्र ढाँटलाई बधाई
थानकोट ।
प्रधानमन्त्री केपी शर्मा ओलीले म्याट्रिक्स फाइट नाइट (एमएफए १७)मा बान्टमवेट च्याम्पियन विजेता नेपालका रवीन्द्र ढाँटलाई बधाई दिएका छन् ।
प्रधानमन्त्री ओलीले आइतबार बिहान सामाजिक सञ्जालमार्फत बान्टमवेट च्याम्पियन विजेता रवीन्द्रलाई शुभकामना दिएका हुन् ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन् “भारतका चोंगरेंग कोरेनलाई हराउँदै रवीन्द्र ढाँट म्याट्रिक्स फाइट नाइट (एमएफए १७) मा बान्टमवेट च्याम्पियन बन्न सफल हुनुभएको छ । पहिलो पटक नेपाललाई उपाधि दिलाउन सफल रवीन्द्रलाई हार्दिक बधाई ।”
भारतको नोएडामा गए राति सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन)मा टाइटल विजेता चोंगरेंग कोरेनलाई पराजित गर्दै उपाधि जितेका हुन् ।
नेपालका रविन्द्र ढाँट बने बान्टमवेट च्याम्पियन, भारतका प्रतिस्पर्धी नकआउट













