कक्षा १२ को नतिजा सार्वजनिक, ग्रेडवृद्धि परीक्षा भदौ २८ र २९ गते

Thankot Times

थानकोट ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सोमबार साँझ बसेको बोर्डको बैठकपछि नतिजा सार्वजनिक गरिएको हो ।

परीक्षामा ६१.१७ प्रतिशत विद्यार्थी पास भएको बोर्डले जनाएको छ ।

सार्वजनिक नतिजा अनुसार, १७ विद्यार्थीको परीक्षा रद्द भएको छ ।

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आगामी भदौ २८ र २९ गते हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज नतिजा सार्वजनिक गरेको हो ।

बोर्डका अनुसार, यसपटक ३८.८३ विद्यार्थी ‘ननग्रेड’ भएका छन् । यस्तै, ६१.१७ प्रतिशत उत्तीर्ण भएका छन् ।

गत वैशाख २१ गतेदेखि सुरु भएको परीक्षामा पाँच लाख ११ हजार ५२५ विद्यार्थी सहभागी भएका थिए ।

बोर्डका अनुसार, कक्षा १२ को नतिजा सुधारोउन्मुख देखिएको छ । गत वर्षको तुलनामा ९ प्रतिशतले नतिजामा सुधार आएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *