एसियन बक्सिङमा नेपालको पदक पक्का
थानकोट ।
एसियाली बक्सिङ च्याम्पियनसिपको पुरुष यु-२२ उमेर समूहमा नेपालका अर्पिल रानाले कम्तीमा कांस्य पदक पक्का गरेका छन् ।
५० केजी तौलसमूहमा अप्रिल सेफिफाइनल प्रवेश गरेसँगै कांस्य पदक पक्का भएको बक्सिङका अन्तराष्ट्रिय को-ओडिनेटर तथा नेपाल बक्सिङ महासङ्घका उपाध्यक्ष श्यामकाजी अवालेले जानकारी दिए ।
एसियन बक्सिङको आयोजनामा थाइल्यान्डको बैंककमा जारी प्रतियोगितामा अर्पिलले भुटानी मुक्केवाज किन्ले फुन्चोलाई ४ः१ (स्प्लिट) अङ्कको आधारमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका हुन् ।
यसअघि अर्पिलले साउदी अरबका मुक्केवाज इब्राहीमलाई ५–० ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका थिए ।
अर्पिलले अगष्ट ६ तारीखमा जापानका मुक्केवाज सोदाई कोटोसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने अर्पिलका मुख्य प्रशिक्षक दीपक महर्जनले जानकारी दिए ।
जापानी मुक्केवाज कोटोले फिलिपिनी मुक्केवाजलाई ५–० ले पाखा लगाउँदै सेमिफाइनल यात्रा तय गरेका छन् ।













