नैकाप उकालोमा ट्याक्सीले मोटरसाइकललाई ठक्कर दियो

Thankot Times

थानकोट ।

त्रिभुवन राजपथअन्तर्गत थानकोट-कलंकी सडक खण्डको नैकापमा बुधबार बिहान एउटा ट्याक्सी र मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको छ ।

बिहान करिब ७ बजे कलंकीतर्फ गइरहेका दुवै सवारीसाधन ठोक्किएका हुन् ।

प्रहरीका अनुसार बा २ ज ५१७६ नम्बरको ट्याक्सीले बा ८५ प १९७६ नम्बरको मोटरसाइकललाई पछाडीबाट ठक्कर दिएको हो ।

दुर्घटनामा मानवीय क्षति नभएको र दुवै सवारी साधनमा क्षति पुगेको बताइएको छ।

तस्बिरः दैनिकी


Leave a Reply

Your email address will not be published. Required fields are marked *