एसइई पुरक परीक्षाका लागि केन्द्र निर्धारण, चन्द्रागिरिका विद्यालयका लागि कहाँ-कहाँ पर्यो केन्द्र ?
थानकोट ।
शिक्षा विकास तथा समन्वय इकाई काठमाडौंले माध्यमिक शिक्षा परीक्षा (एसइई)को पुरक परीक्षाका लागि परीक्षा केन्द्र सार्वजनिक गरेको छ । इकाईले यही मंगलबार परीक्षा केन्द्र सार्वजनिक गरेको हो ।
साउन २९ गतेदेखि भदौ ६ गतेसम्म सञ्चालन हुने पुरक परीक्षाका लागि ७ वटा परीक्षा केन्द्र निर्धारण गरेको इकाईले जनाएको छ ।
चन्द्रागिरि नगरका सामुदायिक तथा संस्थागत गरी ४२ वटा विद्यालयका विद्यार्थीले सो पुरक परीक्षा दिँदैछन् ।
चन्द्रागिरि नगरका अधिकांश विद्यालयको परीक्षा केन्द्र कालिमाटी भीमसेनस्थानस्थित परोपकार माविमा निर्धारण गरिएका छन् ।
एसइई २०८१ः चन्द्रागिरिका ५५ मध्ये १३ विद्यालयबाट मात्रै शतप्रतिशत परीक्षार्थी उत्तीर्ण भएका थिए । यसबारेको समाचार पढ्नुहोस्:
एसइई २०८१ः चन्द्रागिरिका ५५ मध्ये १३ विद्यालयबाट शतप्रतिशत परीक्षार्थी उत्तीर्ण
शिक्षा विकास तथा समन्वय इकाई काठमाडौंले माध्यमिक शिक्षा परीक्षा (एसईई)को पुरक परीक्षाका लागि सार्वजनिक गरेको परीक्षा केन्द्रको सूची हेराैंः












