चन्द्रागिरि नगरमा मिडिया आतंक, अति भएपछि नगरले जारी गर्यो सूचना
थानकोट ।
चन्द्रागिरि नगरपालिकाले नगरपालिकासँग सम्बन्धित कुनैपनि विषयवस्तु प्रकाशन वा प्रसारण गर्न चाहने व्यक्ति, संस्था वा सञ्चार माध्यमहरूले कार्यालयको पूर्व स्वीकृति अनिवार्य रूपमा लिन अनुरोध गरेको छ ।
शुक्रबार एक सूचना जारी गर्दै नगरले चालु आर्थिक वर्ष २०८२/०८३ को सुरुवातदेखि नै लागु हुने गरि सो अनुरोध गरेको हो ।
चन्द्रागिरि नगरको नाममा सूचना, विज्ञापन, शुभकामना सन्देश लगायतका सामाग्री सञ्चार माध्यमले नगरको अनुमति बिनानै प्रकाशन प्रसारण गर्ने क्रम बढेपछि नगरले सो सूचन जारी गरेको हो ।
सूचनामा उल्लेख भएअनुसार पूर्व स्वीकृतिबिना प्रकाशन वा प्रसारण गरिएका सामग्रीहरूको भुक्तानी गर्ने दायित्व कार्यालयको नहुने समेत उल्लेख छ ।
चन्द्रागिरि नगरमा पछिल्लो समय सूचना, विज्ञापन, शुभकामना सन्देश लगायतका नाममा बिल भर्पाइ पुग्ने क्रम बढेको नगरप्रमुखको सचिवालयले जनाएको छ ।
त्यस्ता बिल भुक्तानीका लागि सञ्चारमाध्यमले हुलाकबाट समेत पत्र पठाउने क्रम बढेको नगरप्रमुखको सचिवालय सदस्यले बताए । उसो त चन्द्रागिरि नगरका कतिपय वडामा समेत यो समस्या निम्तिरहेको जनप्रतिनिधिहरूको भनाइ छ ।
सूचना हेराैं













