डीडान चन्द्रागिरि विद्यालयस्तरीय तीज नृत्य प्रतियोगिताको उपाधि जेसिसलाई, ब्राइट फ्यूचर दोश्रो
थानकोट ।
नृत्य निर्देशक संघ नेपाल (डीडान) चन्द्रागिरि नगर कमिटिले आयोजना गरेको तेस्रो नगर स्तरीय तीज नृत्य प्रतियोगिताको उपाधि सतुङ्गलस्थित जेसिस स्कुलले जितेको छ ।
शनिबार सम्पन्न प्रतियोगितामा सहभागी भएका चन्द्रागिरि नगर क्षेत्रका १६ वटा विद्यालयका प्रतिस्पर्धीहरूलाई पछि पार्दै जेसिसले लगातार दोश्रो वर्ष सो प्रतियोगिताको उपाधि जितेको हो ।
प्रतियोगितामा नैकापस्थित ब्राइट फ्यूचर मावि दोश्रो, तीनथानास्थित प्याराडाइज रिडर्स एकेडेमी तेस्रो, सतुङ्गल बोसिगाउँस्थित बेसिक लर्निङ स्कुल चाैथो स्थान हात पार्न सफल भएका छन् ।













