चन्द्रागिरिमा बिहानैदेखि सिमसिमे पानी, कस्तो रहला दिनभरको माैमस ?

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगर क्षेत्रमा अहिले बिहान छिटपुट वर्षा भइरहेको छ।

देशका विभिन्न स्थानमा आज वर्षाको सम्भावना छ । मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भू–भागका धेरै स्थानमा र मधेस प्रदेशलगायत देशका बाँकी तराई भूभागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ ।

कोसी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

विभागले राति देशभर पूर्णतया बदली रहने बताएको छ । मधेस प्रदेशलगायत कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका धेरै स्थानमा र बाँकी प्रदेशको पहाडी र तराई भूभागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ ।

मधेस, कोसी र वाग्मती प्रदेशको पहाडी र तराई भूभागको थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । गण्डकी प्रदेशको पहाडी र तराई तथा लुम्बिनी प्रदेशको तराईको भूभागको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले बताएको छ ।

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर नेपालको तराईनजिक छ । त्यसैले तराईमा कतिपय स्थानमा भारी र धेरै भारी वर्षाको सम्भावना रहेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *