‘बझांगी बाघ’ रवीन्द्र ढाटलाई काठमाडौं महानगरबाट नगदसहित सम्मान

Thankot Times

थानकोट ।

काठमाडौं महानगरपालिकाले भारतमा भएको म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन)मा बेन्टामवेट च्याम्पियन रवीन्द्र ढाटलाई सम्मान गरेको छ ।

मंगलबार महानगरका तर्फबाट मेयर बालेन शाहले ढाँटलाई दुईलाख नगदसहित सम्मानित  गरेका हुन् ।

साउन १७ गते भारतको नोएडामा भएको फाइनलमा त्यहाँका नम्बर वान चेग्रोन कोरेनलाई नकआउट गर्दै उनी च्याम्पियन बनेका थिए । उनले कोरेनलाई तेस्रो राउन्डमा नकआउट गरेका थिए ।

रवीन्द्रले ‘लक एन्ड रोल’ एमएमए नेपाल टिमबाट प्रतियोगितामा सहभागिता जनाएका थिए । उनी एसिया प्रशान्त क्षेत्रमा २२८ स्थानमा रहेका एमएमए फाइटर हुन् ।

एसिया प्रशान्त उपक्षेत्रको पनि वरीयताभित्र समावेश छन् ।

रवीन्द्र ‘बझांगी बाघ’ उपनामले परिचित छन् ।

तस्बिरः काठमाडाैं महानगरपालिका


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ