एन्फा महिला लिग क्वालिफायर सुरु हुँदै

Thankot Times

थानकोट ।

अखिल नेपाल फुटबल संघको आयोजना यही साउन २९ देखि एन्फा महिला लिग क्वालिफायर शुरु हुने भएको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधवार एन्फाले पत्रकार सम्मेलन आयोजना गर्दै क्वालिफायरको तयारी पूरा भएको जनाएको हो।

लिगका खेलहरू एन्फा कम्प्लेक्स मैदानमा र च्यासलस्थित च्यासल मैदानमा हुने भएका छन्। एन्फा महिला लिग क्वालिफायरमा न्युरोड टिम, स्टुडेन्ट फुटबल क्लव, सिन्धुपाल्चोक एफसी, आरएस रिसोर्ट एण्ड बीच फुटबल क्लब, राप्ती फुटबल क्लब, एनबिएम पोखरा एफसी, नेपाल खेलकुद क्लब, लम्की फुटबल एण्ड ट्रेनिङ सेन्टर, झापा एफसी, एफसी राइले, चर्च ब्वाइज युनाइटेड, छाहारी युवा क्लब, बुटवल लुम्बिनी एफसी र संकटा क्लब गरी कुल १४ क्लबले छनोट खेल्ने छन्।

यो प्रतियोगिताबाट कुल पाँच टोली महिला लिगका लागि छनोट हुने छन्। कुल १४ वटा टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।

हरेक समूहमा ६ खेल हुनेछन्। दुवै समूहको विजेता र उपविजेता स्वत: छनोट हुने प्रावधान छ। समूहका तेस्रो स्थानमा रहने टोलीबीच नकआउट प्रतिस्पर्धा हुने र विजेता छनोट हुनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ