एसइई ग्रेड वृद्धि परीक्षा आजबाट, चन्द्रागिरिका ४२ वटा विद्यालयका विद्यार्थी सहभागी हुँदै
थानकोट ।
आज बिहीबार एसइई ग्रेड वृद्धि परीक्षा सुरु हुँदैछ ।
राष्ट्रिय परीक्षा बोर्डले गतवर्ष सञ्चालित माध्यमिक शिक्षा परीक्षामा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीले पूरक परीक्षा दिन पाउने व्यवस्था गरेअनुसार परीक्षामा देशभरका १ लाख ४२ हजार ८५३ परीक्षार्थी यो परीक्षामा सहभागी हुन लागेका हुन् ।
साउन २९ गतेदेखि भदौ ६ गतेसम्म सञ्चालन हुने पुरक परीक्षाका लागि काठमाडाैं जिल्लामा ७ वटा परीक्षा केन्द्र निर्धारण भएका छन् ।
चन्द्रागिरि नगरका सामुदायिक तथा संस्थागत गरी ४२ वटा विद्यालयका विद्यार्थीले सो पुरक परीक्षा दिँदैछन् ।
चन्द्रागिरि नगरका अधिकांश विद्यालयको परीक्षा केन्द्र कालिमाटी भीमसेनस्थानस्थित परोपकार माविमा निर्धारण गरिएका छन् ।
बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ।
एसइई पुरक परीक्षाका लागि केन्द्र निर्धारण, चन्द्रागिरिका विद्यालयका लागि कहाँ-कहाँ पर्यो केन्द्र ?
एसइई २०८१मा सहभागी भएका चन्द्रागिरिका ५५ मध्ये १३ विद्यालयबाट मात्रै शतप्रतिशत परीक्षार्थी उत्तीर्ण भएका थिए ।
यसबारेको समाचार पढ्नुहोस्:
एसइई २०८१ः चन्द्रागिरिका ५५ मध्ये १३ विद्यालयबाट शतप्रतिशत परीक्षार्थी उत्तीर्ण
फाइल तस्बिर












