टप एन्ड टी-२० सिरिजमा नेपालले लगातार दाेस्राे हार

Thankot Times

थानकोट ।

अष्ट्रेलियामा जारी टप एन्ड टी -२० सिरिजमा नेपालले लगातार दाेस्राे हार ब्यहाेरेकाे छ।

नेपाल आफ्नाे दाेस्राे खेलमा बंगलादेश ‘ए’ सँग २९ रनले पराजित भएकाे हाे।

यसअघि पहिलाे खेलमा नेपाल घरेलु टाेली नर्दर्न टेरिटाेरी स्टाइकरसँग ४२ रनले पराजित भएकाे थियाे

बंगलादेश ‘ए’ ले दिएकाे १८४ रनकाे लक्ष्य पछ्याएकाे नेपालले ओभरमा ७ विकेट गुमाएर १५४ रन बनाउन सक्याे।

नेपालका लागि कुशल मल्लले अर्धशतकीय पारी खेले। उनी ५९ रनमा अविजित रहे।

त्यसअघि अस्ट्रेलियाको डार्बिनस्थित मरारा क्रिकेट ग्राउन्ड २ मा टस जितेर पहिले ब्याटिङ थालेकाे बंगलादेश ‘ए’ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८३ रन बनाएकाे थियाे।

बंगलादेशका लागि जिसन आलमले ४६ बलमा पाँच छक्का र चार चौकाको मद्दतले सर्वाधिक ७३ रनको योगदान गरे। यसैगरी अफिफ हुसेनले अविजित ४८, मोहम्मद नइमले २५ र सइफ हसनले ११ रन बनाए।

नेपालका लागि रिजन ढकालले दुई तथा करण केसी, नन्दन यादव र सन्दीप लामिछानेले समान एक विकेट लिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ