आज आइतबार चन्द्रागिरि नगरपालिकामा स्थानीय सार्वजनिक बिदा

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकामा आज (भदौ १ गते) आइतबार स्थानीय सार्वजनिक बिदा हुने भएको छ ।

नगरको साउन २७ गते बसेको कार्यपालिका बैठकले श्रीकृष्ण जात्राको अवसरमा आज नगर क्षेत्रमा स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

चन्द्रागिरि नगरका अधिकांश वडाहरूमा श्रीकृष्ण जात्रा मनाइने भएको हुँदा यस दिन नगर कार्यपालिकाको कार्यालय तथा अन्तर्गतका निकाय एवं विद्यालयहरूमा अत्यावश्यक सेवा बाहेक सार्वजनिक बिदा दिने निर्णय भएको गत बिहीबार नगरबाट जारी सूचनामा उल्लेख थियो ।

यसवर्ष हिजो साउन ३१ गते शनिबार श्रीकृष्ण जन्माष्टमी हर्षोल्लासपूर्वक देशभर मनाइएको छ ।

सूचना हेराैं

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *