चन्द्रागिरि नगरपालिका वडा नंं ०२ बाँडभञ्ज्याङबाट पनि राष्ट्रिय परिचय पत्र वितरण हुँदै
थानकोट।
चन्द्रागिरि नगरपालिकामा राष्ट्रिय परिचय वितरण कार्य जारी छ ।
गत फागुन महिनाबाट चन्द्रागिरि नगरपालिकामा सुरु भएको परिचयपत्र वितरणको कार्य चन्द्रागिरि नगरपालिकाले वडा नं. २ बाँडभञ्ज्याङबाट भदाै २ गते सोमबारबाट सुरु हुने बताइएको छ ।
राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाएका र परिचयपत्र बनिसकेको सन्देश मोबाइलमा प्राप्त गरेका नगरबासीहरूले सम्बन्धित वडा कार्यालयबाट सो परिचय पत्र प्राप्त गर्न सक्ने चन्द्रागिरि नगरपालिकाले जनाएको छ ।
जसअनुसार चन्द्रागिरि नगरपालिका वडा नं. २ बाँडभञ्ज्याङबाट सो दिनदेखि राष्ट्रिय परिचय पत्र वितरण सुरु हुन लागेको हो ।
नामको वर्णानुक्रम अनुसार क्रमशः परिचय पत्र वितरण हुने कार्यवाहक वडाध्यक्ष लवराम सुवेदीको भनाइ छ ।
पहिलो चरण वर्णानुक्रम ए, बी, सी र डी नाम भएका नागरिकको राष्ट्रिय परिचयपत्र वितरण हुनेछ । यसपछि क्रमशः सो परिचयपत्र वितरण हुनेछ ।













