नागढुङ्गा सुरुङमार्ग निर्माणको काम अन्तिम चरणमा- प्रधानमन्त्री ओली
थानकोट ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नौबिसे-नागढुंगा सुरुङमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सुरुङमार्ग छिट्टै सञ्चालनमा ल्याइने र त्यसले काठमाडौं उपत्यका भित्रने-निस्कने यात्रीलाई सहज हुने विश्वास व्यक्त गरेका छन् ।

सुरुङमार्ग निर्माणको ९३ प्रतिशत काम पूरा भएको उनले बताएका छन् ।
उनले लेखेका छन्, “नौबिसे–नागढुंगा सुरुङमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ, यसलाई छिट्टै सञ्चालनमा ल्याएपछि नागढुंगाबाट ओहोरदोहोर गर्दा हुने कष्ट अन्त्य हुनेछ ।”












