टप इन्ड टी-२० सिरिज: नेपाल आज मेलवर्न स्टार्स एकेडेमीविरुद्ध खेल्दै

Thankot Times

थानकोट ।

अस्ट्रेलियामा जारी टप इन्ड टि–ट्वान्टी सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज सोमबार घरेलु टोली मेलवर्न स्टार्स एकेडेमीविरुद्ध खेल्दैछ।

खेल अस्ट्रेलियाको डार्विनस्थित टीआइओ स्टेडियममा हुनेछ।

नेपाली टोली सिरिजमा पहिलो जितको खोजीमा मैदान उत्रनेछ।

सिरिजको पहिलो खेलमा नेपाल एनटीएससँग ४२ रनले पराजित भएको थियो। दोस्रो खेलमा भने बंगलादेश ए टोलीसँग ३२ रनले हार भोगेको थियो।

लगातार दुई खेलमा हार भोगेको नेपाल अंकविहिन रुपमा तालिकाको १० औँ स्थानमा छ।

उता घरेलु टोली मेलवर्न स्टार्स भने सिरिजमा दोस्रो जितको खोजीमा मैदान उत्रनेछ। एक खेलमा जित र एक खेलमा हार भोगेको मेलवर्न २ अंकमा तालिकाको छैटौँ स्थानमा छ।

नेपालले मंगलबार होवर्ट हुरिकेन्स एकेडेमीविरुद्ध खेल्ने तालिका छ।

नेपालले सिरिजमा ६ खेल खेल्नेछ।

नेपालले जारी सिरिजलाई टी २० विश्वकपको तयारीका रुपमा लिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ