‘वासुदेव लुइँटेल पुरस्कार’ कार्टुनिष्ट अविनलाई

Thankot Times

थानकोट।

कार्टुनिस्ट अविन श्रेष्ठलाई ‘वासुदेव लुइँटेल पुरस्कार २०८१’ प्रदान गरिने भएको छ ।

नेपाली हास्यव्यङ्ग्यका गुरु मानिने वासुदेव शर्मा लुइँटेलद्वारा २०५१ सालमा स्थापित यस पुरस्कारको रकम १ लाख ११ हजार १ सय ११ रुपैयाँ छ ।

कार्टुनकारितामा लामो समयदेखि पुर्‍याएको योगदानको कदर गर्दै श्रेष्ठलाई पुरस्कृत गर्न लागिएको हो । श्रेष्ठ हाल कान्तिपुर मिडिया ग्रुपमा आबद्ध छन् ।

३२ वर्षदेखि कार्टुनकारितामा संलग्न उनका २ वटा कार्टुन सङ्ग्रह प्रकाशित छन् । ‘बेस्ट अफ अविन १’ (२०६१) कार्टुन सङ्ग्रहमा २०६२–२०६३ अघिका छानिएका कार्टुन छन् भने ‘बेस्ट अफ अविन २’ मा २०६२–२०६३ पछिका कार्टुन प्रकाशनमा छन् ।

वासुदेव विद्यादेव लुइँटेल गुठीका सदस्यसचिव डा. विद्यादेव शर्माद्वारा जारी विज्ञप्तिमा पुरस्कारका लागि व्यक्तित्व छनोट गर्दा निरन्तरता, जेष्ठता र श्रेष्ठतालाई मुख्य आधार बनाउने गरिएको उल्लेख गरिएको छ ।

गुठीले पछिल्लो चरणमा हरेक २ वर्षमा एकपटक यो पुरस्कार प्रदान गर्दै आएको छ । पुरस्कार लुइँटेलको जन्मदिनको अवसरमा भदौ २३ गते प्रदान गरिने भएको छ ।

कार्टुन कलाकार बलराम थापा (बराथा) (२०५१), दुर्गा बराल (वात्सायन) (२०५४), मोहनसिह महर्जन (खोकना) (२०५७), टेकवीर मुखिया (२०६४), रविन सायमी (२०७१), शशी शाह, (२०७६) हरू, हास्यकलाकारमा गोपालराज मैनाली (२०५२), राजपाल थापा(२०५५), बसुन्धरा भुसाल (२०५८), मह जोडी (मदनकृष्ण हरिवंश आचार्य) (२०६७), सन्तोष पन्त (२०७२), किरण केसी (राता मकै) (२०७७), हास्यव्यङ्ग्य लेखकहरू केशवराज पिँडाली (२०५३), श्रीधर खनाल (२०५६), रामकुमार पाँडे (२०५९), मोहनराज शर्मा (मोराश) (२०६९), चट्याङ मास्टर (२०७९) लगायत हास्यव्यङ्ग्यका हस्तीहरू यस पुरस्कारद्वारा सम्मानित भइसकेका छन् ।

२०७४ को पुरस्कार भने भैरव पुरस्कार गुठीलाई समर्पण गरिएको थियो ।

तस्बिर स्रोतः सामाजिक सञ्जालबाट ।

गाउँलेले नचिनेको ‘नैकापे काका’


Leave a Reply

Your email address will not be published. Required fields are marked *