मलेसियामा हुने विश्व युवा स्क्राबल च्याम्पियनसिपमा ब्राइट फ्युचरसहितका विद्यालयले भाग लिने

Thankot Times

थानकोट ।

३० अगस्ट (भदाै १४गते) देखी १ सेप्टेम्बर (भदाै १६) सम्म मलेसियाको राजधानी क्वालालम्पुरमा आयोजना हुने विश्व युवा स्क्राबल च्याम्पियनसिपको २० औं संस्करणमा नेपालका १४ जना विद्यार्थीले सहभागिता जनाउने भएका छन् ।

मुख्य प्रतियोगिता अन्तर्गत २४ खेलहरू हुने सो प्रतियोगितामा विभिन्न उमेर समूह अनुसार उत्कृष्ट खेलाडी, उच्च अंकको खेल, उत्कृष्ट शब्द विधामा प्रतिस्पर्धी पुरस्कृत हुनेछन् ।

मलेसियाका १० जना थप खेलाडी सहभागी हुने प्रतियोगितामा मलेसिया, अष्ट्रेलिया, भारत, हङकङ, केन्या, पाकिस्तान, सिङ्गापुर, श्रीलंका, थाइल्यान्डका समान १०-१० जना खेलाडीले सो प्रतियोगितामा भाग लिनेछन् यी मुलुकहरू १० कोटा पाउने देशहरूको सूचीमा छन् । ८ कोटा अन्तर्गत कतारले भाग लिनेछ ।

साथै, ४ कोटा अन्तर्गत नेपाल, बङ्गलादेश, ईङ्ल्याण्ड, न्युजिल्यान्ड, नाईजेरिया, फिलिपिन्स, रोमानिया, दक्षिण अफ्रिका, त्रिनिडाड एन्ड टोबैगो, अमेरिका लगायत मुलुकहरूको सहभागिता रहनेछ भने गत वर्षको च्याम्पियनले स्वतः स्थान पाउने आयोजक संस्था मलेसियन स्क्राबल एसोसिएसन युवा कार्यक्रमका निर्देशक तथा प्रतियोगिताका संयोजक कङ चोक हेङले जानकारी दिएका छन् ।

करिब ३ सय जनाले भाग लिने सो प्रतियोगितामा कोटा बाहिरका खेलाडीले आफ्नो राष्ट्रिय फेडरेसनबाट सिफारिस लिएर मात्र भाग लिन सक्ने जनाइएको छ ।

तीन दिनसम्म चल्ने च्याम्पियनसीपको २० औं संस्करणमा चन्द्रागिरि नगरपालिकास्थित ब्राइट फ्युचर माविबाट १ जना र पथिक ज्ञान निकेतनबाट दुई जना विद्यार्थीले पनि भाग लिनेछन् ।

नेपालबाट मलेसिया उड्ने टोलीमा १४ जना प्रतिस्पर्धीका अतिरिक्त व्यवस्थापक, प्रशिक्षक गरी थप ९ जना रहेको काठमाडौं जिल्ला स्क्राबल क्लबकी सहसचिव शारदा श्रेष्ठले जानकारी दिइन् ।

यसैबीच सो प्रतियोगितामा सहभागी हुने विद्यालयका स्पर्धी र व्यवस्थापकलाई ब्राइट फ्यूचर माविले बुधबार बिदाइ गरेको छ ।

ब्राइट फ्युचर माविले कक्षा ९ का स्क्र्याबल खेलाडी आयाम सापकोटा र प्रशिक्षक अफिसियल रिसर्च केसीलाई बिदाइ गरेको हो । 

अंग्रेजी भाषाको विकास, सञ्चारको सीप, सहकार्य, नयाँ शब्द तथा शब्दावली सिकाउन खेलाइने स्क्राबल खेल संसारभर लोकप्रिय छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *