५७औं एसियाली शारीरिक सुगठन च्याम्पियनसिप: नेपालकी उर्मिला श्रेष्ठलाई कांस्य पदक

Thankot Times

थानकोट ।

थाइल्यान्डको बैंककमा आयोजना भएको ५७औं एसियाली शारीरिक सुगठन च्याम्पियनसिपअन्तर्गत एथलेटिक्स फिजिक्सको ३५ वर्षमाथि उमेरसमूहमा नेपालकी उर्मिला श्रेष्ठले कांस्य पदक जितेकी छन् ।

आठ खेलाडी सहभागी उक्त स्पर्धामा थाइल्यान्डकी सिरिन्थिप इन्सीले स्वर्ण तथा लाओसकी सोमानिन फानोसिथले रजत पदक जितेका थिए ।

उर्मिला एथलेटिक्स फिजिक्सकै ओपन क्याटेगोरीमा भने चौथो भएको अफिसियल दिनेश राजभण्डारीले जानकारी दिए ।

तस्बिरः नेपाल बडी बिल्डिङ्ग एण्ड फिटनेश


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ