साफ यु-१७ महिला च्याम्पियनसिप: आज नेपालले बंगलादेशको सामना गर्दै

Thankot Times

थानकोट ।

भुटानमा जारी साफ यु-१७ महिला च्याम्पियनसिप नेपालले चौथो खेलमा आज बुधबार बंगलादेशसँग खेल्दै छ।

खेल भुटानको थिम्पुमा नेपाली समयअनुसार दिउँसो पौने ३ बजे शुरु हुनेछ ।

यस अघि भएको खेलमा नेपाल बंगलादेशसँग ३-० गोलले पराजित भएको थियो । नेपालको तीन खेलमा तीन अंकसहित तेस्रो स्थानमा छ ।

समान खेलमा छ अंंकसहित बंगलादेश दोस्रो स्थानमा छ । भारत नौ अंकसहित शीर्ष स्थानमा छ ।

यसअघि आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोली भुटानलाई हराएको थियो भने पहिलो खेलमा भारतसँग हारेको थियो ।

यो प्रतियोगितामा नेपाल, भुटान, भारत र बंगलादेश सहभागी छन् ।

नेपालले पर्सि शुक्रबार भारतसँग र आउँदो आइतबार भुटानसँग खेल्ने छ ।

फोटोः एन्फा


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ