चन्द्रागिरि नगरमा लम्पी स्किनविरूद्ध निःशुल्क खोप अभियान सुरू

Thankot Times

थानकोट ।

लम्पी स्किन रोगका कारण मुलुकभरका किसानहरू आहात भइरहेका छन् ।

सो रोगका कारण देशभर लाखाैं गाइ भैंसी मर्दा किसानहरू मर्कामा परेका छन् ।

लम्पी स्कीन रोगबाट पछिल्लो दुई महिनामामात्रै देशभर ३३६४५ वटा पशुहरु संक्रमित र १२१९ पशुहरुको मृत्यु भएको छ ।

यो क्रम माहामारी कै रुपमा बढ्दो दरमा फैलिरहेको छ । यसबाट लाखौं किसानहरुले ठूलो क्षति र नोक्सानी व्यहोर्नु परिरहेको छ ।

यसैबीच चन्द्रागिर नगरपालिकाले नगरका सबै वडाहरूमा व्यवसायिक तथा निर्वाहमुखी गाईभैंसी पालन गरिरहेका कृषकको सुविधाका लागि लम्पी स्किनविरूद्ध घरदैलोमा पुगी खोप लगाउने भएको छ ।

नगरले हिजो (मंगलबार) सार्वजनिक सूचनामार्फत सम्बन्धित किसानहरूले लम्पी स्किन विरूद्धको खोप लगाउनका लागि वडा कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

अभियानअन्तर्गत बुधबार (भदाै ११) बाट नगरका १५ वटै वडामा खोप कार्यक्रम सुरु भएको हो ।

अभियान सञ्चालनका लागि नगरका १५ वडालाई पाँच समुहमा राखि एक-एक जना भ्याक्सिनेटर खटाइने चन्द्रागिरि नगरपालिकाले जनाएको छ ।
यस बारेको सूचना हेराैंः


Leave a Reply

Your email address will not be published. Required fields are marked *