ऋषि पञ्चमी : चेकपोष्टस्थित वाणस्थली त्रिवेणी धाममा व्रतालु महिलाहरूको भीड (तस्बिरहरू)
थानकोट ।
भदौ शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमीको लागि चन्द्रागिरि नगरपालिका-०७ वाणस्थलीस्थित त्रिवेणीधाममा महिलाहरूको भीड लागेको छ ।
महिलाहरू बिहानैदेखि यहाँ ३६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गरी पूजा गरिरहेका छन् ।
कुनै त्रुटि भएको भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ ।
नारीलाई रजस्वलाको प्रथम दिन चन्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ ।
अत्यावश्यक पूर्वाधारको निर्माण भएसँगै पछिल्लो समय यस स्थानमा धार्मिक गतिविधिमा व्यापकता देखिन थालेको छ ।


तस्बिरः रामराजा सिलवाल, महावीर खड्का ।












