मलेसियामा हुने विश्व युथ स्क्य्राबल च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीलाई राखेपबाट बिदाइ
थानकोट ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले विश्व युथ स्क्रेबल च्याम्पियनसिपमा सहभागी हुने टोलीलाई एक कार्यक्रमबीच बिदाइ गरेका छन् ।
मलेसियाको क्लालम्पुरमा भदौ १४ देखि १६ गतेसम्म हुने प्रतियोगितामा नेपालबाट १४ जना खेलाडीसहित १८ सदस्यीय टोली सहभागी हुनेछ।
बिदाइका अवसरमा काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भाइकृष्ण बलामीलगायतको उपस्थिति रहेको थियो।

तस्बिरः राखेप













