साफ यू-१७ च्याम्पियनसिप: नेपाल आज भारतसँग प्रतिस्पर्धा गर्दै

Thankot Times

थानकोट ।

साफ यू– १७ महिला च्याम्पियनसिपअन्तर्गत आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ ।

नेपाली समयअनुसार खेल साँझ ६ बजे हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

डबल राउन्ड रोबिन लिगमा जारी प्रतियोगितामा भारत १२ अंकका साथ पहिलो स्थानमा छ भने तीन अंकका साथ नेपाल तेस्रो स्थानमा छ । घरेलु मैदानमा कुनै जित ननिकालेको भुटान चौथो स्थानमा छ ।

९ अंकका साथ बङ्गलादेश दोस्रो स्थानमा छ ।

प्रतियोगितामा यिनै चार देश सहभागी छन् ।

खेल तालिकाअनुसार नेपाल यही १५ भदौमा भुटानसँग नेपाल भिड्नेछ ।

नेपाल उपाधि जित्ने होडबाट यसअघि नै बाहिरिसकेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ