नागढुङ्गाबाट समातिए १९ वर्षीय रञ्जित

Thankot Times

थानकोट ।

प्रहरी प्रधान कार्यालयको केन्द्रीय समाचार कक्षका अनुसार काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट एक जना युवा पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा सप्तरीका १९ वर्षीय रञ्जित मेहता छन् । उनी डाईजेपाम, प्रोमेथाजिन र बुप्रेनोर्फिन गरी ३४०–३४० एम्पुलसहित पक्राउ परेका हुन् ।

राजबिराजबाट काठमाडौं आउँदै गरेको बसमा चेकजाँच गर्दा उनी पक्राउ परेको प्रहरीको भनाइ छ ।

उनीमाथि लागूऔषध सम्बन्धी मुद्दामा प्रहरी वृत्त थानकोटबाट अनुसन्धान अघि बढाइएको जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *