चन्द्रागिरि नगरमा आर्थिक वर्ष २०८१-८२ को वार्षिक बजेट तथा कार्यक्रममाथि आज समीक्षा हुँदै

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाले आर्थिक वर्ष २०८१-८२ को वार्षिक बजेट तथा सम्पन्न कार्यक्रमहरूमाथि समीक्षा गर्ने भएको छ । 

आज सोमबार नगरपालिकाले एक कार्यक्रम गरी सो समीक्षा गर्न लागेको हो ।

अपरान्ह बलम्बुस्थित नगरको सभा हलमा सो समीक्षा कार्यक्रम सुरु हुने नगरप्रवक्ता कृष्णप्रसाद खड्गीको सचिवालयले जनाएको छ । 

सो क्रममा नगरका १५ वटै वडा तथा नगरका सबै विषयगत शाखाहरूले छुट्टाछुटै प्रस्तुति दिने बताइएको छ ।

चन्द्रागिरि नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि २ अर्ब ६८ करोड ८० लाख रूपैयाँ बराबरको बजेट ल्याएको थियो । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *