यो दशैंमा नागढुङ्गा सुरुङ हुँदै सवारीसाधन काठमाडाैंबाट बाहिरिन सक्ने, सेवा शुल्क निःशुल्क

Thankot Times

थानकोट ।

निर्माणको संघारमा पुगेको नागढुङ्गा सुरुङमार्ग यो दशैंमा खुला हुने सम्भावना दर्शाइएको छ । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दसैँमा उपत्यकाबाट बाहिरिने र दसैँपछि भित्रिने सवारी सो सुरुङ मार्ग हुँदै सञ्चालन गर्नेबारे छलफल भइरहेको जनाएको हो ।

मन्त्रालयका सचिव केशवकुमार शर्माका अनुसार दसैँमा नागढुंगा सुरुङमार्गमा सवारीसाधन परीक्षणका रुपमा सञ्चालनका लागि छलफल भइरहेको छ । 

‘दसैँलाई लक्षित गरेर सञ्चालनका लागि छलफल गर्दैछौँ । त्यतिबेलासम्म कति काम सकिन्छ । अनि कन्सल्टेन्ट कन्ट्याक्टरले के भन्छन् । सुरक्षाको कुरा छ,’ सचिव शर्माले भने, ‘वान वे जस्तो दसैँका बेला यताबाट जानेलाई र दसैँपछि फर्किने बसलाई सुरुङमार्गबाट दिने तयारीबारे छलफल भइरहेको छ ।‘

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको निर्माण करिब ९५ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ ।

अहिले परीक्षणको चरणमा रहेको छ । 

सुरुङ मार्ग सञ्चालनमा आएमा काठमाडौँदेखि सिस्नेखोलासम्म ८ किलोमिटर सडक छोटिन्छ ।

सुरुङको लम्बाइ भने २.६ किलोमिटर रहेको छ ।

फाइल फोटो


Leave a Reply

Your email address will not be published. Required fields are marked *