देशभरका ६ सय सामुदायिक क्याम्पसमा मंगलबार शोक बिदा, सबै क्याम्पसमा श्रद्धाञ्जली सभा
थानकोट ।
सोमबार (भदाै २३) देशका विभिन्न स्थानमा जेन-जी प्रदर्शनका क्रममा भएको मानवीय क्षतिप्रति देशभरका सामुदायिक क्याम्पसहरूको छाता संघ नेपाल पब्लिक क्याम्पस संघले दुःख व्यक्त गरेको छ ।
सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै संघले घटनाको निन्दा गरेको हो ।
आज नेपालमा घटेको दर्दनाक घटनाबाट दर्जनाै नेपाली युवाको असामयिक निधन भएको खबरले सम्पूर्ण शैक्षिक क्षेत्रमा गहिरो शोक छाएको छ। यस दुःखद राष्ट्रिय दुर्घटनामा नेपाल पब्लिक क्याम्पस सङ्घ स्तब्ध र शोकाकुल बनेको छ। यस अकल्पनीय घटनामा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाईतेहरूकाे सिघ्र स्वास्थ्यलाभकाे कामना गर्दछाै। साथै, यस शोकलाई राष्ट्रिय क्षतिका रूपमा ग्रहण गर्दै नेपाल पब्लिक क्याम्पस सङ्घले आफ्ना सम्पूर्ण सदस्य सामुदायिक क्याम्पसका क्याम्पस प्रमुखहरूलाई दिवंगत नेपाली युवाहरूको स्मृतिमा भाेलि मिति २०८२ भदाै २४ सम्पूर्ण पठनपाठन बन्द गरि एक दिन शाेक दिवस तथा श्रद्धाञ्जली अर्पण गर्न अनुरोध गर्दछ, संघका अध्यक्ष एवं काठमाडाैं शिक्षा क्याम्पसका प्रमुख शत्रुध्नप्रसाद गुप्ताद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।












