प्रतिनिधि सभा विघटन, फागुन २१ गते चुनाव

Thankot Times

थानकोट ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटनको घोषणा गरेका छन् ।

अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा हिजो (२०८२ साल भदौ २७ गते शुक्रवार) राति ११ बजेदेखि लागू हुने गरी राष्ट्रपति पौडेले प्रतिनिधि सभा विघटन गरेका हुन् ।

भदौ २३ गते राजधानी काठमाडौंलगायत देशैभर भएको जेन जी पुस्ताको प्रदर्शनमा केपी ओली सरकारले गरेको दमनबाट युवाहरूको ज्यान गएको थियो ।

युवाहरूको ज्यान गएपछि दोस्रो दिन थप भड्किएको प्रदर्शनका क्रममा थप धनजनको क्षति भएको थियो । संसद्‌ भवन, प्रमुख प्रशासनिक भवन सिंहदरबार, सर्वोच्च अदालतलगायत सरकारी र अन्य निजी भवनमा पनि क्षति भएपछि ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।

उनको राजीनामा पश्चचात् जेन जी प्रतिनिधिसँगको वार्ताबाट राष्ट्रपति पौडेलले आजै मात्रै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका थिए ।

उनले प्रधानमन्त्री पदको सपथ लिएको केही घण्टामा नै राष्ट्रपतिलाई प्रतिनिधि सभा विघटनको सिफारिस गरेकी हुन् ।

त्यसपछि राष्ट्रपति पौडेलले प्रतिनिधि सभा विघटन गरी नयाँ निर्वाचनको मिति तोकेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *