संयुक्त राष्ट्रसङ्घद्वारा प्रधानमन्त्री शुसिला कार्कीको नियुक्तिप्रति बधाई

Thankot Times

थानकोट ।

संयुक्त राष्ट्रसङ्घको नेपालस्थित प्रतिनिधि हाना सिंगर हमदीले प्रधानमन्त्री सुशीला कार्कीको नियुक्तिप्रति नेपाली जनतालाई बधाई दिएकी छन्।

शुक्रबार एक सन्देश जारी गर्दै उनले भनेकी छन्, “संयुक्त राष्ट्र नेपालका जनतासँग शान्ति, न्याय, पारदर्शिता, जवाफदेहीपन र प्रगतिका लागि उनीहरूको आकाङ्क्षामा सधैँसँगै छ।”

साथै, उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति जनरल अशोकराज सिग्देल र जेनजि युवा नेताहरूको महत्त्वपूर्ण योगदानको पनि सराहना गरेका छन्। उनीहरूले भने, “यस सङ्क्रमणलाई सम्भव बनाउनमा यी सबैको भूमिका महत्त्वपूर्ण रहेको छ। साथै आन्दोलनको क्रममा जीवन गुमाएका सबै प्रति श्रद्धाञ्जली प्रकट गर्दछौँ।”

प्रतिनिधि हमदीले प्रधानमन्त्री कार्कीलाई यो संवेदनशील समयमा जिम्मेवारी सम्हाल्न सफलताको शुभकामना दिएका छन्।

साथै संयुक्त राष्ट्रले नेपालको स्थायित्व, मानव अधिकार र दिगो विकासको मार्गमा सरकारसँग सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *