नेता केसीको क्षतिग्रस्त घरको सरसफाइमा जुटे चन्द्रागिरि, कीर्तिपुर र दक्षिणकालीका शुभेच्छुक

Thankot Times

थानकोट ।

जेन-जी आन्दोलनको क्रममा क्षतिग्रस्त भएको सार्वजनिक तथा निजी घर र संरचनाहरुको सरसफाई तथा पुनःनिर्माणको काम शुरु भएको छ । स्थानीय बासी, स्थानीय पालिकाहरु, राजनीतिक दलका नेता कार्यकता तथा शुभेच्छुकहरु उक्त काममा जुट्न थालेका छन् ।

जने-जी आन्दोलनको क्रममा क्षतिग्रस्त भएको नेपाली काँग्रेसका नेता तथा काठमाडौँ क्षेत्र नं १० का निवर्तमान साँसद राजन केसीको कीर्तिपुर चोभारस्थित घरको स्थानीयवासी, कीर्तिपुर, चन्द्रागिरि र दक्षिणकाली नगरपालिका, स्थानीय वडा, पार्टीका भातृ संस्थाहरु र शुभेच्छुकहरुले सरसफाई सुरु गरेका हुन् ।

जेन-जी आन्दोलनको क्रममा काFग्रेस नेता तथा निर्वतमान सांसद केसीको कीर्तिपुर चोभारस्थित घर पूर्ण रुपमा क्षतिग्रस्त भएको थियो ।

जलेको घरको फोटो देखाउँदै नेता केसीले भने- मैले कहिल्यै भ्रष्टाचार गरेको छैन्, छानबिन होस्

त्यसैगरी केसीको कालिमाटीस्थित घर पनि क्षतिग्रस्त भएको थियो । दुवै घर जलेर क्षतिग्रस्त भएपछि नेता केसीको निजी घर तथा संरचनाको स्थानीय  र पार्टीका कार्यकर्ताहरु सरसफाई गरी बस्ने वातावरण बनाउने काम भइरहेको केसीले बताए ।

क्षतिग्रस्त सार्वजनिक तथा सरकारी भवन, प्रहरी चौकी तथा निजी आवासको सरसफाई तथा पुनःनिर्माणमा स्थानीय तथा विभिन्न संघ–संस्थाहरु जुट्न थालेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *