चन्द्रागिरि नगरमा फूलपाती उत्सव, पूर्व उपराष्ट्रपति पुनको चासो (फोटो तथा भिडिवो)

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-१ दहचोक इन्द्रस्थानस्थित कोत घरबाट मगर गुठीले हस्तान्तरण गरेको फूलपाती थानकोट गुठीका सदस्यले सोमबार साँझ थानकोटस्थित कोतघरमा विधिपूर्वक भित्र्याइएको छ ।

बडा दशैंको फूलपातीका दिन वर्षेनी थानकोटका गुठीयारहरूलाई दहचोकका गुठीयारहरूले फूलपाती हस्तान्तरण गर्ने परम्परा छ ।

थानकोट गुठीलालाई फूलपाती हस्तान्तरण गर्ने क्रममा पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन मगर, चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी, नगरप्रवक्ता तथा वडाध्यक्ष कृष्णप्रसाद खड्गी, हरिश्याम रानामगर लगायत नगर सभा सदस्यहरु तथा स्थानीय बासिन्दाहरुकाे बाक्लो उपस्थिति रहेको थियाे ।

पूर्व राष्ट्रपति पुन दहचोक इन्द्रस्थान नजिकै बस्दै आएका छन् । दहचोकमा वर्षेनी आयोजना हुने फूलपाती उत्सवमा उनी गतवर्षपनि उपस्थित भएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *