चन्द्रागिरि नगरका विभिन्न ३ नाकामा सवारीसाधन होल्ड, अर्को आदेश नआउञ्जेल सडक बन्द

Thankot Times

थानकोट ।

निरन्तरको वर्षापछि सडकमा पहिरो खस्न सक्ने जोखिम बढेपछि नेपाल प्रहरीले विभिन्न नाकामा सवारी साधन होल्ड गर्न थालेको छ ।

प्रहरीले चन्द्रागिरि नगरका विभिन्न तीन वटा नाकामा पनि सवारी साधन होल्ड भएको जनाएको छ ।

जसअनुसार धादिङतर्फ जाने सवारीसाधनहरू नागढङ्गामा रोकिएका छन् ।

यस्तै मकवानपुरतर्फ जाने सवारीसाधनहरू गोदाम पानीघाट क्षेत्र र टाखेल क्षेत्रमा होल्ड गरिएको नेपाल प्रहरीले जनाएको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *