भियतनामविरुद्ध खेल्ने नेपाली राष्ट्रिय फुटबल टोली घोषणा
थानकोट ।
एएफसी एसियन कप छनोटअन्तर्गत भियतनामविरुद्ध खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ ।
आइतबार नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रोसले गोलकिपर करण चेम्जोङको कप्तानीमा २३ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेका हुन् ।
अखिल नेपाल फुटबल संघ(एन्फा)ले आइतबार नै टोलीको नाम सार्वजनिक गरेको छ । एन्फाका अनुसार टोलीमा अभिषेक लिम्बू, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयूष घलान, विमल पाण्डे, विशाल सुनार छन् । यसैगरी टोलीमा दीप कार्की, दिनेश हेञ्जन, जिलेस्पीजंग कार्की, कृतिस रत्न छुँजु, कुशल देउवा, लाकेन लिम्बू, मणिकुमार लामा, मनिष डाँगी, रोहित चन्द, रोहन कार्की, सनिश कार्की, सुवास ठकुरी बम, सुमित श्रेष्ठ, सुमन श्रेष्ठ र योगेस श्रेष्ठ छन् ।
नेपालले भियतनामसँग दुई खेल खेल्ने तालिका छ ।
नेपालले अक्टोबर ९ मा बिङडोङ रंगशालामा पहिलो खेल खेल्नेछ भने अक्टोबर १४ मा नोङन्हात रंगशालामा दोस्रो खेल खेल्नेछ ।
यसअघि, नेपालले आफ्नो घरेलु खेल नेपालमै खेल्नुपर्ने थियो । तर, एसियाली फुटबल महासंघ(एएफसी)ले दशरथ रंगशाला छनोटको निम्ति अयोग्य ठहर गरेपछि दुवै खेल भियतनाममा तय भएको हो ।














