महिला टी-२० सिरिजः नेपालको दोश्रो हार

Thankot Times

थानकोट ।

घरेलु टोली मलेसिया विरुद्धको महिला टी- २० सिरिजको तेस्रो खेलमा नेपाल पराजित भएको छ।

नेपाललाई १३ रनले हराउँदै मलेसियाले ५ खेलको सिरिजमा २-१ को अग्रता बनाएको छ।

वायुमास ओभल स्टेडियममा जितको लागि १ सय २१ रनको विजय लक्ष्य पछाएको नेपाल २० ओभरमा ८ विकेट गुमाउँदै १ रन ७ रनमा समेटियो।

ओपनरद्वय सम्झना खड्का र रुबी पोद्दारले पहिलो विकेटको लागि ४१ रनको साझेदारी गरे। सम्झना १८ रनमा आउट भइन्। ३७ बलमस रुबिले नेपालको लागि सर्वाधिक ३१ रन जोडिन्।

यसपछि कविता कुँवरले १५ रन तथा कप्तान इन्दु बर्माले २२ रन जोडिन्। यसबाहेक अन्य खेलाडीले दोहोरो रन छुन नसक्दा नेपाल १ सय ७ रनमा समेटियो।

३ विकेट गुमाउँदा ६४ रन बनाइसकेको नेपालले सुझबुझपूर्ण ब्याटिङ गर्न सकेन । मिडल अर्डरको प्रदर्शन कमजोर रह्यो।

नेपाली ब्याटर बीचको तालमेल मिल्न नसक्नु अर्को कमजोर पक्ष रह्यो। टप अर्डरका ३ सहित ६ खेलाडी रन आउट हुन पुगे। बलिङमा नुर दानिया र आइस्या इलिसाले १/१ विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय २० रन बनायो। ओपनर आइना हमिजाले सानदार ब्याटिङ गर्दै अर्धशतक बनाइन्। उनले ५८ बल खेल्दै २ चौका सहित ६१ रनको सानदार पारी खेलिन्। मास इल्साले ३० रन बनाउँदा वेन जुलियाले १६ रन जोडिन्।

बलिङमा कविता कुँवर र कविता जोशीले समान २ विकेट लिए। यसअघि पहिलो खेलमा ३ रन गुमाएको नेपालले दोस्रो खेल ६ विकेटले जितेको थियो।‌ सिरिज आफ्नो पक्षमा पार्न अब नेपाललाई बाकी दुवै खेल जित्नुपर्नेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *