त्रि-देशीय मैत्रीपूर्ण फुटबल: इरानसँग नेपाल ३-० ले शब्ध
थानकोट ।
त्रिकोणात्मक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपाली महिला टोली इरानसँग पराजित भएको छ ।
शुक्रबार साँझ भारत शिलोङस्थीत जवाहरलाल नेहरू स्टेडियममा सम्पन्न खेलमा नेपाल इरानसँग ३–० ले पराजित भएको हो ।
इरानविरुद्ध नेपाली टोली केही राम्रा अवसरहरु सिर्जना गरेपनि गोल भने गर्न सकेन ।
यो प्रतियोगिताको पहिलो खेलमा इरानले भारतलाई २–० ले पराजित गरिसकेको छ।
नेपालले सात वर्षपछि इरानसँग प्रतिस्पर्धा गर्न मैदान उत्रिएको थियो । यो खेलमा करिब ५ महिनापछि गोल रक्षक अञ्जिला तुम्बाप्पो सुब्बा पोस्ट सम्हाल्न फर्किएकी थिइन् ।
अञ्जिलाले यसअघि गत जुनमा थाइल्यान्डविरुद्ध खेलेकी थिइन्। त्यस खेलमा नेपाल पराजित भएको थियो ।
यो प्रतियोगितामा नेपालले अब दोस्रो खेल मंगलबार भारतसँग खेल्ने तालिका छ।
यस प्रतियोगितापछि नेपालले कात्तिक १३ गते भारतसँग मैत्रीपूर्ण खेल खेल्ने छ।
तस्बिर: एन्फा














