चन्द्रागिरि नगरपालिका भवनमा कार्यरत कर्मचारीलाई खाजा खुवाउन कसैले इच्छा नदेखाएपछि…..
थानकोट ।
बलम्बुस्थित चन्द्रागिरि नगर कार्यपालिकाको कार्यालयले सो कार्यालय हातामा चमेना गृह (क्यान्टिन) सञ्चालनका लागि दोश्रो पटक कोटेशन आह्वान गरेको छ ।
नगरले निर्धारण गरेका शर्त तथा अधिनमा रहि खाजा तथा खाना खुवाउने गरी चमेना गृह सञ्चालन गर्न इच्छुकले मंसिर ३ गतेसम्म तोकिएको कागजात तथा रकम बुझाई शिलबन्दी दरभाउ पेश गर्न सक्ने जनाइएको छ ।
यसअघि गत भदाै ३ मा कार्यालय हातामा चमेना गृह (क्यान्टिन) सञ्चालनका लागि पहिलो पटक कोटेशन आह्वान भएकोमा उक्त आह्वानले काम नगरेपछि मंगलबार पुनः सूचना जारी भएको हो ।
यसअघि सञ्चालनमा रहेको क्यान्टिनसँगको ३ वर्षको सम्झाैता अवधि सकिएपछि नयाँ सम्झाैताका लागि चन्द्रागिरि नगरले प्रयास गरिरहेको छ ।
सूचना हेर्नुहोस्ः














