केपी ओली र झलनाथ खनालबीच मध्यरातमा भेट

Thankot Times

थानकोट ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालबिच मध्यरातमा भेटवार्ता भएको छ। अध्यक्ष ओलीको निवास गुण्डुमा मंगलबार भएको भेटवार्तालाई एमाले नेताहरूले सकारात्मक भनेका छन्।

उनले पार्टी अध्यक्ष ओली र खनालबीच सकारात्मक वार्ता भएको जानकारी दिँदै एमालेका पुराना नेताहरूबीचको छलफलले सम्बन्धमा सुधार आएको बताए।

नेकपा समाजवादीका नेताहरू रामकुमारी झाँक्री, किसान श्रेष्ठ, अम्बरबहादुर थापा, गम्भीरलाल श्रेष्ठ, पीताम्बर तिम्सिना, अर्जुन राईलगायत १०० भन्दा बढी नेता–कार्यकर्ता एमालेमा फर्किने तयारीमा रहेको जानकारी दिँदै उनले प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिहरू एमाले फर्किंदा हुनसक्ने कानुनी जटिलताका बारेमा जानकारसँग छलफल चलिरहेको जानकारी दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *