३ थान बन्दुक र ठूलो परिमाणमा गोलीसहित काठमाण्डौबाट १ जना पक्राउ
थानकोट ।
प्रहरीले तीन थान बन्दुक र ठूलो परिमाणमा गोलीसहित काठमाण्डौबाट एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कैलालीको टीकापुर नगरपालिका-१ घर भई काठमाण्डौको तारकेश्वर नगरपालिका-११ मनमैजु, लोकतान्त्रिक चोकमा बस्ने २३ वर्षीय शिवराज धमला रहेका छन् ।
प्रहरीले शिवराजको कोठा तलासी गर्दा इन्सास राइफल एक थान, शर्टगन एक थान, ठूलो चाइनिज पेस्तोल एक थान, एसएलआर राइफलको ब्लयाङ्क राउन्ड दुई सय पाँच थान, इन्सास राइफलको म्याग्जिन १६ थान र ठूलो चाइनिज पेस्तोलको म्याग्जिन दुई थान बरामद गरेको हो ।












