सरोजकुमार यादव मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त

Thankot Times

थानकोट ।

सरोजकुमार यादव मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

नेकपा एमाले मधेश प्रदेश संसदीय दलका नेतासमेत रहेका यादवलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले हिजो (कार्तिक २३) मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

प्रदेश प्रमुख भण्डारीले यादवलाई नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरेकी हुन् ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का जितेन्द्र सोनलले राजीनामा दिएपछि मधेशको मुख्यमन्त्री पद रिक्त थियो ।

प्रदेश सभामा ठूलो दलको हैसियतमा भण्डारीले यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

मुख्यमन्त्री यादवले आइतबार नै सपथ लिएका छन् ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *